२०८२ चैत्र ६ गते शुक्रबार

बिरगंज पब्लिक कलेजमा UGC प्रि-असेस्मेन्ट टोलीको औपचारिक भ्रमण सम्पन्न

 

बिरगंज पब्लिक कलेजमा शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (Educational Quality Assurance and Accreditation – EQAA) प्रक्रिया अन्तर्गत विश्वविद्यालय अनुदान आयोग (UGC) को प्रि-असेस्मेन्ट टोलीले आज औपचारिक भ्रमण सम्पन्न गरेको छ।

भ्रमणका क्रममा टोलीले कलेजको शैक्षिक कार्यक्रम, व्यवस्थापन प्रणाली, भौतिक संरचना, शैक्षिक वातावरण, प्रशासनिक पारदर्शिता, विद्यार्थी–शिक्षक–अभिभावक सहभागिता लगायतका पक्षहरूको अवलोकन गर्दै आवश्यक सुधारका सुझाव प्रदान गरेको छ।

यस अवसरमा कलेजका क्याम्पस प्रमुख डा. विनय श्रेष्ठले टोलीलाई स्वागत गर्दै कलेजको विगतदेखि हालसम्मको प्रगति, उपलब्धि र भविष्यका योजनाबारे जानकारी गराएका थिए। टोलीको संयोजन प्रा. डा. लेखनाथ भट्टराईले गरेका थिए भने सदस्यमा श्री नबिना चौलागाईं रहेका थिए। कार्यक्रममा व्यवस्थापन समिति, शिक्षक तथा कर्मचारीको उल्लेखनीय उपस्थिति रहेको थियो।

टोलीले कलेजले गुणस्तरीय शिक्षाको निरन्तरता र राष्ट्रिय प्रत्यायनको तयारीमा गरेको पहल सराहनीय रहेको बताउँदै अझ प्राविधिक र प्रशासनिक पक्षलाई थप सुदृढ बनाउन सुझाव दिएको छ।

यस भ्रमणले कलेजलाई आगामी दिनमा शैक्षिक गुणस्तर र प्रत्यायन प्रक्रियालाई अझ सशक्त बनाउन प्रेरणा दिने विश्वास सहायक क्याम्पस प्रमुख डा. अरविन्द श्रेष्ठले व्यक्त गर्नुभयो।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM