२०८२ चैत्र ६ गते शुक्रबार

जीवन ज्योति माध्यमिक विद्यालयमा हैजा रोग सम्बन्धी स्वास्थ्य अभिमुखीकरण कार्यक्रम सम्पन्न

 

जीवन ज्योति माध्यमिक विद्यालयले विद्यार्थीको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गर्दै हैजा रोग सम्बन्धी विशेष स्वास्थ्य अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रमले विद्यार्थीमा हैजाको कारण, लक्षण, जोखिम र बच्ने उपायबारे व्यापक जानकारी दिएको छ।

कार्यक्रममा प्रमुख वक्ताका रूपमा वरिष्ठ स्वास्थ्य विशेषज्ञ डा. उदय नारायण सिंहले सत्र संचालन गर्दै हैजा जस्तो गम्भीर रोगबाट बच्न विद्यार्थीले दैनिक जीवनशैलीमै सरल तर प्रभावकारी सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो।

डा. सिंहका अनुसार हैजा रोग रोकथामका लागि विद्यार्थीले विशेष गरी निम्न बुँदामा ध्यान दिन जरुरी छ :
नियमित रूपमा साबुनपानीले हात धुने बानी बसाल्नुपर्छ, विशेष गरी खाना खानुभन्दा अघि र शौचालय प्रयोग गरेपछि।
सुरक्षित पानी मात्र पिउनुपर्छ — उमालिएको वा शुद्धीकरण गरिएको पानी स्वास्थ्यका लागि अत्यावश्यक हुन्छ।
सुरक्षित खाना मात्र सेवन गर्नुपर्छ — राम्रोसँग पकाइएको र तताएर खाने बानी अपनाउनुपर्छ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले प्रश्नोत्तरमार्फत हैजासम्बन्धी जिज्ञासाहरू राखेका थिए। विद्यार्थीहरूले प्राप्त ज्ञान आफ्ना परिवार र समुदायमा पनि पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

विद्यालय संचालक शिवजी गुप्ताले यस्तो स्वास्थ्यसम्बन्धी अभिमुखीकरणले विद्यार्थीलाई सचेत बनाउन मात्र नभई उनीहरूलाई सुरक्षित भविष्यतर्फ उन्मुख गराउने विश्वास व्यक्त गरेको छ।

स्कुलका संचालिका मिनाकक्षि गुप्ताका अनुसार जीवन ज्योति माध्यमिक विद्यालयले निरन्तर रूपमा विद्यार्थीको शैक्षिक उन्नतिसँगै स्वास्थ्य सुरक्षामा समेत ध्यान दिइरहेको जानकारी दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM