२०८२ चैत्र ६ गते शुक्रबार

पर्साबाट सरुवा भएका सीडीओ गणेश अर्याललाई गृहमन्त्रालयले चितवन पठायो

 

पर्साबाट हालै गृहमन्त्रालयमा सरुवा भएका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्याललाई चितवनमा पदस्थापन गरिएको छ। गृहमन्त्रालयले बुधबार निर्णय गर्दै अर्याललाई चितवन पठाएको हो। सोही निर्णयअनुसार भोजपुरका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीलाई पनि नयाँ जिम्मेवारी तोकिएको छ।

यसअघि भदौ ४ गते गृहमन्त्रालयले देशभरका २४ जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको थियो। सो अवसरमा पर्साका तत्कालीन सीडीओ गणेश अर्याललाई मन्त्रालयमा फिर्ता बोलाइएको थियो भने चितवनमा सीडीओ पद भने रिक्त राखिएको थियो।

रुपन्देहीबाट सरुवा भई २०८१ साल कार्तिक १२ गते पर्सा आइपुगेका अर्यालले करिब ९ महिना जिल्लामा सेवा गरेका थिए। गृहमन्त्रालयले भदौ ४ गते पर्सामा अर्यालको स्थानमा पाल्पाबाट तोयनारायण सुवेदीलाई पठाएको थियो।

गृहमन्त्रालयको पछिल्लो निर्णयसँगै अब चितवन जिल्लामा पनि प्रमुख जिल्ला अधिकारीको रिक्तता समाप्त भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM