२०८२ चैत्र ६ गते शुक्रबार

बिरगंजमा हैजा नियन्त्रणका लागि सचेतना कार्यक्रम सम्पन्न

 

हैजाको जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि लायन्स क्लब अफ वीरगञ्ज मेट्रो सिटीको आयोजनामा, लायन्स क्लब अफ वीरगञ्ज सुप्रिम, ह्युम्यानिटी, गेटवे, संस्कृतिगोल्डको सहआयोजनामा तथा नाटा वीरगञ्ज र स्काउट वीरगञ्जको सहयोगमा एक विशेष सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।

उक्त कार्यक्रम इन्दु लखा आधारभूत विद्यालय,कञ्चनजंघा इंग्लिस स्कूल र श्री माईस्थान विद्या पीठ माध्यमिक विद्यालयमा सम्पन्न भएको हो।

कार्यक्रममा प्रथम उप–जिल्ला गर्भनर लायन रामबिहारी पाण्डे, लायन अशोक बेरीवाल र लायन नरोत्तम पाण्डेको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रम सफल बनाउन समन्वयकर्ता तथा लायन्स क्लब अफ वीरगञ्ज मेट्रो सिटीका अध्यक्ष लायन उमेशकुमार शाह, सबै क्लब अध्यक्षहरू र सदस्यहरूको सक्रियता उल्लेखनीय रह्यो। साथै कार्यक्रम आयोजनामा विद्यालयका प्राचार्य मार्टिन मोक्तान तथा प्रशासनको सहयोगप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ।

लायन्स क्लब अफ वीरगञ्ज सुप्रिमका अनुसार हैजा नियन्त्रण र सचेतनामार्फत सुरक्षित र स्वस्थ समुदाय निर्माण गर्न निरन्तर प्रतिबद्धता जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM