२०८२ चैत्र ६ गते शुक्रबार

बिरगंजमा मास्टर अफ सेरेमोनि तालिम सम्पन्न

 

बिरगंजमा मास्टर अफ सेरेमोनि तालिम सम्पन्न भएको छ।लायन्स क्लब बिरगंज परिवारले एरिया–३ का सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मास्टर अफ सेरेमोनि तालिमको आयोजना गरेको छ। दुई दिने तालिमको पहिलो दिन आज सफलता पूर्वक सम्पन्न भएको क्लबले जनाएको छ।

कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष लायन नरोत्तम पाण्डेले गर्नुभएको थियो भने प्रमुख अतिथि 1st VDG लायन राम बिहारी पाण्डे रहनुभएको थियो। तालिममा सहभागी सदस्यहरूलाई प्रशिक्षण डिस्ट्रीकका एक्जिक्युटिभ चिफ लायन वासु तिमल्सिना र मनोज उपाध्यायले प्रदान गर्नुभएको थियो।

मास्टर अफ सेरेमोनि लाई कुनै पनि कार्यक्रमको “हृदय” मानिने भन्दै वक्ताहरूले कार्यक्रमलाई व्यवस्थित, आकर्षक र समयानुकूल बनाउन यसको महत्वपूर्ण भूमिका रहने बताएका थिए। कार्यक्रम सञ्चालनको क्रममा भाषा प्रयोग, प्रस्तुतीकरण शैली, अनुशासन तथा समय व्यवस्थापनका सीपहरूलाई अझ प्रभावकारी बनाउन यस तालिमले सदस्यहरूलाई सक्षम बनाउने अपेक्षा गरिएको छ।

तालिममा एरिया चिफ लायन रामेश्वर गुप्ता, रिजन चेयरपर्सन लायन सन्दिप गुप्ता, तथा सञ्चालक लायन दिगम्बर थापाको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा क्लबका १५ जना सदस्यहरूले सक्रिय सहभागिता जनाएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM