२०८२ चैत्र ६ गते शुक्रबार

सुख सबैले खोज्छन्, तर सुख अघि–अगाडि सर्दै जान्छ : विमल सर्राफ

रक्सौल, पूर्वी चम्पारण

“संसारमा सुख सबैले चाहन्छन् तर कसैलाई पनि पूर्ण, अखण्ड र स्थायी सुख प्राप्त हुँदैन” भन्ने विचार लायन्स क्लब रक्सौलका अध्यक्ष तथा मिडिया प्रभारी समेत रहेका सामाजिक अभियन्ता लायन विमल सर्राफले पत्रकारहरूसँग साझा गर्नुभयो।

उहाँले भन्नुभयो– “सुखको खोजीमै जीवन बितिरहन्छ, तर सुख भने अघि–अघि सर्दै जान्छ। यसको कारण के भने, मानवले जुन प्राकृतिक वस्तु वा माध्यमबाट सुख खोज्छ, त्यसमा पूर्ण, अखण्ड र नित्य सुख नै छैन। त्यसैले यदि साँच्चै सुख चाहन्छौ भने नित्य सत्य, अखण्ड सुखस्वरूप जीवनलाई आत्मसात् गर्ने प्रयास गर। कुनै वस्तु जहाँ छ, त्यहीँ पाइन्छ। हामीले बालुवाबाट तेल वा पानीबाट घ्यू निकाल्न खोज्यौँ भने निराश नै भइन्छ; किनकि न त बालुवामा तेल छ, न त पानीमा घ्यू।

दुःख–सुख कुनै परिस्थिति, प्राणी वा पदार्थमा छैनन्; ती त हाम्रो मनको प्रतिकूल र अनुकूल भावनामा निर्भर हुन्छन्। जहाँ प्रतिकूलता देखिन्छ, त्यहाँ दुःख महसुस हुन्छ र जहाँ अनुकूलता हुन्छ, त्यहाँ सुखको अनुभव हुन्छ। संसार द्वन्द्वमय छ। सुख–दुःख, मान–अपमान, स्तुति–निन्दा, लाभ–हानि, प्रिय–अप्रिय, शुभ–अशुभजस्ता विपरीत भावनाले भरिएको यही धारणा नै जगत् हो।

परमात्मज्ञानी व्यक्ति यदि प्रवृत्तिमूलक व्यवहारिक जगत्मा छन् भने उनका माध्यमबाट विभिन्न क्रियाकलाप भए पनि ती सबै स्वभावतः सर्वहितकारी र सर्वकल्याणकारी हुन्छन्। उहाँका क्रियाबाट कसैको पनि अहित हुँदैन, जसरी अमृतले कसैलाई मृत्यु दिन सक्दैन।”

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM