२०८२ चैत्र ६ गते शुक्रबार

वीरगंजसहित पर्सामा हैजा र झाडापखालाको संक्रमण नियन्त्रणमा नेपाली सेनाको सक्रियता

 

वीरगंजसहित पर्सा जिल्लामा हाल देखापरेको झाडापखाला र हैजाको संक्रमण नियन्त्रण तथा रोकथामका लागि नेपाली सेनाका स्वास्थ्यकर्मीहरू पनि सक्रिय रूपमा खटिएका छन्। संक्रमण नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन नारायणी अस्पतालमा नेपाली सेनाको वीरगंजस्थित श्रीजंग गणबाट चार जना चिकित्सकहरू खटाइएका हुन्।

नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दास र श्रीजंग गणका गणपति तथा कर्णेल लोकेन्द्र कार्कीबीच भएको बैठकपछि डा. दासको विशेष अनुरोधमा बिहिबारदेखि चिकित्सक टोली अस्पतालमा खटाइएको हो। श्रीजंग गणका गणपति तथा कर्णेल कार्कीले हाल हैजाको कारण सिर्जित आपतकालीन स्वास्थ्य चुनौतीलाई ध्यानमा राखी तत्काल सहयोग स्वरूप चिकित्सक टोली पठाइएको बताए।

उनीहरूले स्थानीय तह, अस्पताल र सुरक्षाकर्मीबीच सहकार्यले रोग नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

हाल नारायणी अस्पतालमा झाडापखाला र हैजाका बिरामीहरू उपचाररत छन्। स्वास्थ्यकर्मीहरूले स्थानीय समुदायलाई सुरक्षित खानेपानीको प्रयोग, सरसफाइमा ध्यान दिन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

यसअघि पनि प्राकृतिक विपत्ति वा आकस्मिक परिस्थितिमा नेपाली सेनाले उपचार, उद्धार तथा राहतमा अग्रसर भई स्थानीय समुदायलाई सहयोग गर्दै आएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM