२०८२ फाल्गुन १९ गते मंगलवार

आइतबारदेखि विद्यालय सञ्चालन गर्ने तयारी : नेशनल प्याब्सन पर्सा

 

हालैको जेनजी आन्दोलनका कारण लामो समयदेखि बन्द रहेका निजी तथा आवासीय विद्यालयहरू अब पुनः सञ्चालनमा आउने भएका छन्। नेशनल प्याब्सन पर्साका अध्यक्ष सोनालाल सरका अनुसार आइतबार (२९ भदौ) देखि वीरगञ्जका सम्पूर्ण विद्यालयहरू नियमित कक्षासहित सञ्चालनमा ल्याउने तयारी भएको छ।

अध्यक्ष सोनालाल सरले भन्नुभयो, “विद्यालय लामो समयसम्म बन्द हुँदा विद्यार्थीहरूको अध्ययन प्रभावित भएको छ र उनीहरूको भविष्यमा गम्भीर असर पर्न सक्ने देखिएको छ। यही कारणले हामीले विद्यालयहरू सुचारु गर्ने निर्णय गरेका हौं।”

जेनजी आन्दोलनका क्रममा वीरगञ्ज र आसपासका क्षेत्रमा देखिएको असामान्य स्थिति अब क्रमशः सामान्यतर्फ फर्किँदै गएको छ। बजार, पसलहरू पूर्ण रूपमा खुलेका छन् र जनजीवन पनि सहज बन्दै गएको छ। यसै सन्दर्भमा नेशनल प्याब्सन पर्साले विद्यार्थीहरूको भविष्यलाई प्राथमिकता दिँदै विद्यालयहरू खुलाउने निर्णयलाई अन्तिम रुप दिएको हो।

नेशनल प्याब्सनले अभिभावक, विद्यार्थी र विद्यालय प्रशासनलाई आह्वान गर्दै भोलिदेखि विद्यालयहरूमा उपस्थिति सुनिश्चित गर्न आग्रह गरेको छ। यस कदमले लामो समयदेखि अवरुद्ध भएको शिक्षण–सिकाइ पुनः गतिमा आउने र विद्यार्थीहरूको शैक्षिक क्षतिलाई न्यून पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM