२०८३ जेष्ठ १ गते शुक्रबार

उपभोक्ता हित संरक्षण मञ्च पर्साको अपिल : “धमिलो पानीमा माछा मार्ने प्रयास नगर्न व्यवसायीलाई आग्रह”

 

देश हाल असामान्य र चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको अवस्थामा उपभोक्ता हित संरक्षण मञ्च नेपाल, जिल्ला कार्य समिति पर्साले एक महत्वपूर्ण प्रेस विज्ञप्ति जारी गर्दै व्यवसायीहरूलाई जिम्मेवार बन्न र उपभोक्ताको हितलाई सर्वोपरि राख्न विशेष आग्रह गरेको छ।

विज्ञप्तिमा हालैको आन्दोलनमा सहादत प्राप्त गरेका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते युवाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको छ।

मञ्चले वर्तमान विषम परिस्थितिमा जिम्मेवार नागरिक, उद्योगपति, व्यवसायी, व्यवसायिक संघ–संस्था, सर्वसाधारण तथा नियामक निकायहरूलाई स्वनियमन अपनाउँदै बजारमा अत्यावश्यक वस्तु तथा सेवा उचित मूल्यमा उपलब्ध गराउन आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ “धमिलो पानीमा कसैले पनि माछा मार्ने प्रयास नगरौँ। सबै कानुनभन्दा माथि कानुन छ भन्ने कुरालाई मनन गरौँ। बजारलाई स्वच्छ र व्यवस्थित बनाउन सबैले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गरौँ।”

मञ्चले व्यवसायीहरूलाई संकटको घडीलाई नाफाखोरीको अवसरका रूपमा प्रयोग नगरी, उपभोक्ताको अधिकार र आवश्यकतालाई ध्यानमा राखेर वस्तु तथा सेवा आपूर्ति सुनिश्चित गर्न विशेष अनुरोध गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM