लायन्स क्लब अफ रक्सौलको बैठक स्थानीय कावेरी होटलमा क्लब अध्यक्ष लायन्स बिमल सर्राफको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा यस वर्षको डान्डिया उत्सव आयोजना गर्ने निर्णय गरिएको हो।
कार्यक्रममा क्लब सेक्रेटरी लायन मोहम्मद निजामुद्दीन, क्लब कोषाध्यक्ष लायन अमित कुमार, जोन अध्यक्ष लायन शम्भुप्रसाद चौरसिया, लायन गणेश धनोथिया, लायन सञ्जय गुप्ता, लायन नारायण रुङ्टा, लायन पवन किशोर कुशवाहा, लायन हरिश खत्री, लायन सुमित भरतिया, लायन पन्जु, लायन राजकुमार, लायन राजकुमार राई, लायन विजय कुमार, लायन प्रियंका सोनी, लायन सीमा बरनवाल, लायन सुशीला धनोथिया, लायन रेणु रुङ्टा, लायन सरिता खत्री लगायतको उपस्थिति रहेको थियो।
छलफलपछि सर्वसम्मतिले निर्णय गरिएको छ कि विजयादशमीको दिन, बिहीबार, अक्टोबर ०२, साँझ ५:३० बजेदेखि स्थानीय “SAV विद्यालय, लक्ष्मीपुर” को परिसरमा भव्य डान्डिया रात्रि आयोजना गरिनेछ।
प्रत्येक वर्षझैँ यस वर्ष पनि कार्यक्रम नयाँ रूप र भव्यतासहित प्रस्तुत गरिने भएको छ। उक्त जानकारी लायन्स क्लब अफ रक्सौलका अध्यक्ष तथा मिडिया इन्चार्ज लायन बिमल सर्राफले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नुभएको हो।









