२०८२ चैत्र ६ गते शुक्रबार

कन्टेनर गाडीबाट १५७ किलोभन्दा बढी गाँजा बरामद, चालक पक्राउ

 

मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गर्दै एक जना चालकलाई पक्राउ गरेको छ। मंगलबार बिहान अन्दाजी ६:०० बजे इलाका प्रहरी कार्यालय भिमफेदी र प्रहरी चौकी भैसेबाट खटिएको संयुक्त प्रहरी टोलीले भैसे चेकपोष्टमा चेकजाँचका क्रममा कन्टेनर गाडी नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पालुङतर्फबाट हेटौडा बजारतर्फ आउँदै गरेको बा २ ख ३२१९ नम्बरको भाडा कन्टेनरलाई रोकी जाँच गर्दा चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–८ का ४१ वर्षीय बिर बहादुर तामाङ संलग्न रहेको पाइएको हो।

रितपूर्वक गरिएको खानतलासीमा कन्टेनरको पछाडिको डिब्बामा लुकाइ–छिपाइ ल्याइएका १२ वटा पोकाभित्र प्रतिबन्धित लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजाको तौल १५७ किलो १२० ग्राम रहेको छ।

बरामद गरिएको लागुऔषधसहित कन्टेनर गाडीलाई नियन्त्रणमा लिएर चालक तामाङलाई पक्राउ गरिएको छ। उनलाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागुऔषध सम्बन्धी कसुरमा म्याद अनुमति लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका एक अधिकारीका अनुसार, “यो ठूलो परिमाणमा गाँजा बरामद भएको घटना हो। यसमा संलग्न अरु व्यक्तिहरुको पनि संलग्नता हुन सक्ने भएकाले अनुसन्धान विस्तार गरिएको छ।”

यससँगै मकवानपुर प्रहरीले लागुऔषध नियन्त्रणमा कडाइ बढाएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM