“हाम्रो रगत हाम्रो लागि” भन्ने मूल नाराका साथ तेरापंथ युवक परिषद् वीरगञ्जले आयोजना गरेको रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम वीरगञ्ज बाइपासस्थित किरण आँखा अस्पतालमा सम्पन्न भएको हो।
यस रक्तदान कार्यक्रममा रोशनी गुप्ता, रामबाबु शर्मा, शोभा कटवाल, आकाश दास, रुबी मिश्र, मिथिलेश कुमार, आनन्दसहित १४ जनाले आफ्नो अमूल्य रक्तदान गरेका थिए। तीमध्ये ६ जना महिला सहभागी भएका थिए, जसले महिला सहभागितालाई उल्लेखनीय बनाएको थियो।
कार्यक्रममा किरण आँखा अस्पतालका सञ्चालक डा. अमर क्याल, नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाई, अस्पतालका कर्मचारीहरू तथा तेरापंथ युवक परिषद् वीरगञ्जका पदाधिकारीहरूको सक्रिय उपस्थिति रहेको थियो।
रक्तदान कार्यक्रमलाई सफल बनाउन वीरगञ्ज रक्त संचार केन्द्रका जितेन्द्र कुशवाहाको नेतृत्वमा आएको टिमले प्राविधिक सहयोग पुर्याएको थियो।
स्थानीयस्तरमै नियमित रूपमा समाजसेवा र स्वास्थ्य सचेतना सम्बन्धी कार्यक्रम गर्दै आएको तेरापंथ युवक परिषद् वीरगञ्जले भविष्यमा अझै प्रभावकारी गतिविधि गर्ने प्रतिबद्धता जनाएको छ।









