२०८३ जेष्ठ १ गते शुक्रबार

वीरगञ्जमा हिन्दू परिषद् नेपालद्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

 

जेन्जी आन्दोलनका क्रममा प्राण गुमाएका सहिदहरूको सम्झनामा हिन्दू परिषद् नेपालले वीरगञ्जमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम मंगलबार श्री गहवामाई मन्दिर प्राङ्गणमा सम्पन्न भएको हो।

कार्यक्रममा उपस्थित हिन्दू परिषद् नेपालका रुपशिला जैशवाललगायत महिला कार्यकर्ता र पदाधिकारीहरूले सहिद विद्यार्थीहरूका योगदानलाई स्मरण गर्दै शान्तिपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए। परिषद्ले सहिद परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै दिवंगत आत्माहरूको चीरशान्तिको कामना गरेको छ।

कार्यक्रममा वक्ताहरूले जेन्जी पुस्ताले देशमा परिवर्तनका लागि गरेको आन्दोलन ऐतिहासिक रहेको र सहिदहरूको बलिदानलाई बिर्सन नहुने बताए। साथै, यस्ता आन्दोलनमा प्राण गुमाउनेहरूलाई सरकारले आधिकारिक रुपमा सम्मान गर्नुपर्ने माग पनि राखियो।

कार्यक्रममा हिन्दू परिषद् नेपालका स्थानीय प्रतिनिधिहरू, सामाजिक अभियन्ताहरू र स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM