२०८२ चैत्र ६ गते शुक्रबार

नवदुर्गा पूजा समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

 

श्री नवदुर्गा पूजा समिती निलकण्ठवाको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी, वीरगञ्ज शाखाको सहकार्यमा बृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा कार्यक्रम संयोजक दया सिन्धु कुश्वाहा, पत्रकार प्रहलाद चौरसियासहित स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो। रक्तदान कार्यक्रमलाई सभ्य र भव्य बनाउन स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकहरूले जनाएका छन्।

उक्त अवसरमा २ महिला सहित ४१ जनाले आफ्नो अमूल्य रक्तदान गरेका थिए। रक्तदाता मध्ये कलावती देवी, रम्भा देवी, सिन्धु कुश्वाहा, आकाश चौरसिया, प्रहलाद चौरसिया, सन्जित कुमार सिंह, नितेश कुमार चौरसिया, अलक प्रसाद कुश्वाहा लगायत धेरैले सक्रिय रूपमा रक्तदान गरेका थिए।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, रेशमकोठीका सह–कोषाध्यक्ष अभिलाष कुमार गुप्ताको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित वक्ताहरूले रक्तदान जीवनदान भएको उल्लेख गर्दै निरन्तर यस्ता सामाजिक कार्यमा सक्रिय रहनुपर्नेमा जोड दिएका थिए।

रक्तदानलाई सहज र सुरक्षित बनाउन रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक जितेन्द्र कुश्वाहा तथा सहयोगी लिलाधर साह, नमित चौरसिया, सन्तोष पटेल लगायतको महत्वपूर्ण योगदान रहेको थियो।

आयोजक समितीका संयोजक दया सिन्धु कुश्वाहाले रक्तदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्ता मानव सेवामूलक कार्यक्रम निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM