२०८२ चैत्र ६ गते शुक्रबार

पर्सामा ४ हजार प्रतिबन्धित बोईलर कुखुरा चल्ला सहित मोटरसाइकल बरामद, खाडल खनेर नष्ट

 

पर्सा । जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका–१९ केहुनिया स्थित नं. १३ गण हे.क्वा. पर्साबाट स.प्र.स.नि. संजिव कुमार यादवको कमाण्डमा खटिएको ७ जनाको गाडी मोवाईल टोलीले ठूलो परिमाणमा प्रतिबन्धित बोईलर कुखुरा चल्ला बरामद गरेको छ।

मोवाईल टोलीले भारततर्फबाट अबैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको ना ४१ प ४२२ नम्बरको मोटरसाइकलमा लोड गरिएका करिब ४,००० वटा चल्ला (अ.मूल्य करिब रु. १,००,०००) बरामद गरेको हो। प्रहरीले बताएअनुसार मोटरसाइकल चालकले टोली देख्नेबित्तिकै मोटरसाइकल छाडी फरार भएका थिए।

बरामद गरिएका चल्लाहरूलाई स्थानीय पत्रकार, जनप्रतिनिधि, नेपाल प्रहरी र पशु क्वारेन्टिन कार्यालयका प्रतिनिधिको उपस्थितिमा गणको पेरिमिटरभित्र खाडल खनेर पुरेर नष्ट गरिएको छ।

नं. १३ गणका अनुसार बरामद मोटरसाइकललाई भन्सार बुझाउने प्रक्रिया अघि बढाइएको छ। सुरक्षाबलले यस्ता अवैध गतिविधि रोकथामका लागि सीमा क्षेत्रमा निगरानी अझ कडाइका साथ गर्ने जानकारी दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM