२०८२ चैत्र ६ गते शुक्रबार

पर्सामा अवैध सामानसहित अटो बरामद

 

सशस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जबाट खटिएको टोलीले पर्सा जिल्लामा अबैध रुपमा भन्सार छली ल्याइएको सामानसहित अटो बरामद गरेको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक (स.प्र.ना.उ.) पुरुषोत्तम भण्डारीको कमाण्डमा खटिएको ९ जनाको गस्ती टोलीले जिल्ला पर्सा, बीरगञ्ज महानगरपालिका–१६ गण्डक इलाकास्थित क्षेत्रबाट भारततर्फबाट ल्याइँदै गरेको सामान नियन्त्रणमा लिएको हो।

ना.२ ह.४२७७ नम्बरको अटोमा राखी लुकाइछिपाई नेपालतर्फ ल्याइएको उक्त सामान चेकजाँच गर्ने क्रममा बरामद गरिएको प्रहरीको भनाइ छ। नियन्त्रणमा लिइएका सामानमध्ये कपडा, किराना तथा कस्मेटिक सामान रहेका छन् जसको अनुमानित मूल्य करिब रू. ९० हजार रहेको बताइएको छ।

त्यसैगरी अटोको मूल्य सहित सम्पूर्ण बरामद गरिएको वस्तुको अनुमानित मूल्य करिब रू. ३ लाख ९० हजार पुग्ने सशस्त्र प्रहरीले जनाएको छ। अटो चालक भने घटनास्थलबाट फरार भएका कारण प्रहरीले आवश्यक अनुसन्धान थालेको छ।

बरामद गरिएको सामान तथा सवारी साधन आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM