२०८२ चैत्र ५ गते बिहीबार

संविधान संशोधन आवश्यकता विषयक अन्तरक्रिया तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

 

“नेपालको संविधानमा संशोधन आवश्यकता” शीर्षकमा वीरगञ्ज स्कुल अफ लमा विशेष अन्तरक्रिया तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा BALLB अध्ययनरत सम्पूर्ण विद्यार्थी तथा सबै प्राध्यापकहरूको सहभागिता रहेको थियो। संविधान कार्यान्वयनको एक दशक पुरा भएको अवसरमा “संविधान कार्यान्वयनको एक दशक : उपलब्धि, चुनौती र युवाको भूमिका” विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमको अध्यक्षता वीरगञ्ज स्कुल अफ लका क्याम्प प्रमुख अधिवक्ता चन्द्रिका प्रसाद पटेलले गर्नुभएको थियो। उहाँले संविधानलाई युगीन आवश्यकता अनुरूप परिमार्जन गर्दै लैजानु आजको आवश्यकता रहेको भन्दै विद्यार्थी तथा युवा पुस्ताले सुधार र कार्यान्वयनको प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

सो अवसरमा सहभागी विद्यार्थीहरूले संविधानका उपलब्धि, चुनौती तथा संशोधनका विषयमा आफ्ना विचार राख्दै, संविधानलाई समयानुकूल बनाएर युवा पुस्ताको सपना साकार गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रम दीप प्रज्वलनसहित सम्पन्न भएको थियो, जसले संविधानप्रति सम्मान र प्रतिबद्धताको प्रतीकात्मक सन्देश दिएको आयोजकहरूले जनाएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM