जनमत पार्टी पर्सा द्वारा जारी भेटघाट तथा जन संवाद कार्यक्रम अन्तर्गत आज वीरगन्ज वडा नम्बर -१६ नगवा कन्कड टोलका स्थानीय अगुवा संकर महतोको नेतृत्वमा दुई दर्जन स्थानीय युवाहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।

जनमत पार्टीको नौलो गणतन्त्रको एजेन्डा नै अहिलेको जेन् -जी पुस्ताको एजेन्डा हो, जस अन्तरगत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख तथा दलिय सेन्डिकेट तोडेर प्रतिस्पर्धाको आधारमा संवैधानिक नियुक्तिहरु हुनु पर्ने र भ्रस्टाचार अन्त्य हुनु पर्ने नौलो गणतन्त्रको मुल आधार भएको जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले सम्बोधनको क्रममा बताए ।
आम जनताको अवस्था परिवर्तनको लागी आम जनताको सोचमा बदलाव हुनु पर्ने र निर्वाचनको परिणाममा वदलाव हुनु पर्ने अध्यक्ष सरार्फले जोड दिए। कार्यक्रममा जनमतका केन्द्रिय सदस्यहरु बिध्यालाल प्रसाद, रम्भा मिश्रा,श्याम शंकर चौरसिया, प्रदेश सदस्य शिव यादव ,राजनरायण मिस्र, भुपेन्द्र साह, महानगर अध्यक्ष महादेव शर्मा, क्षेत्रीय अध्यक्षहरु गगन देव यादव , डा.मनोज सरार्फ, नेताहरू निरन्जन कुशवाहा,किरन चौरसिया, मनोज पन्डित,हिरालाल राम,देवराज सरार्फ लगायतको सहभागीता रहेको थियो।









