२०८२ चैत्र ५ गते बिहीबार

नेशनल मेडिकल कलेजद्वारा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रालाई सम्मानसहित विदाई

 

वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले पर्साका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रालाई एक विशेष समारोहबीच सम्मानपूर्वक विदाई गरेको छ।

पर्सामा कार्यरत रहँदा सामाजिक उत्तरदायित्व र सुरक्षा व्यवस्थामा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै कलेज प्रशासनले मिश्राको सम्मानमा विदाई कार्यक्रम आयोजना गरेको हो।

कलेजका अध्यक्ष प्रोफेसर डा. जैनुद्दिन अन्सारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक सहनवाज अन्सारी, अस्पताल निर्देशक डा. इसरत जहाँ अन्सारी, एकेडेमी डाइरेक्टर डा. रुबी श्रेष्ठ यास्मिन, एडमिसन तथा मार्केटिंग निर्देशक – आबिद हुसेन अन्सारी, नेशनल मेडिकल कलेजका प्रधानाध्यापक प्रोफेसर डा. के.एन. सिंह स. प्रधानाध्यापक डा. रविशंकर गुप्तालगायत पर्सेली सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले मिश्राको कार्यकाललाई स्मरणीय बताउँदै वीरगञ्जको शान्ति र सुरक्षामा उनको भूमिकाको प्रशंसा गरे।
कार्यक्रमको समापनमा प्रहरी उपरीक्षक मिश्राले नेशनल मेडिकल कलेजप्रति आभार प्रकट गर्दै सामाजिक संस्थाहरूको सहयोगले प्रहरी प्रशासनको कार्य अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM