२०८२ चैत्र ५ गते बिहीबार

चिनिमिल आवास क्षेत्रबाट एक जना पुरुषको उद्धार

 

अभिलाष गुप्ता
बिरगंज ०६ असोज

बिरगंज, पर्सा – २०८२ असोज ६, सोमबार
पर्सा जिल्लाको बिरगंज महानगरपालिका१४ स्थित चिनिमिल आवास क्षेत्र (पर्यटन विकास कार्यालय अगाडि) बाट एक जना अन्दाजी ३५ वर्षका पुरुषलाई सोमबार दिउँसो २:४५ बजे उद्धार गरी मानवसेवा आश्रम, बिरगंज शाखामा ल्याइएको छ।

उद्धार गरिएको व्यक्तिले आफ्नो नाम, थर र ठेगाना प्रष्ट रूपमा बताउन नसकेको मानवसेवा आश्रमले जनाएको छ। उद्धार कार्यमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ता, आश्रमका अभिभावक तथा सामाजिक अभियन्ता प्रकाश थारु, आश्रम अभिभावक परिवार संयोजक तथा बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, आश्रमका केन्द्रीय सदस्य बिबेक महतो, प्रहरी चौकी गण्डकका प्रहरी हवल्दार लाल बाबु प्रसाद कुशवाहा, साथै आश्रमका स्वयंसेवकहरू दिपान्सु पटेल, सरोज बी.के. र दिपेन्द्र चौधरीको सक्रिय उपस्थिति रहेको थियो।

उद्धारपछि आश्रममा लगेर उद्धार गरिएको व्यक्तिको सरसफाइ तथा नुहाइ–धुहाइ गराईएको छ। अब उनको स्वास्थ्य परीक्षण तथा औषधोपचार आश्रमका नियमित चिकित्सक डा. भरत गोईको निगरानीमा गरिने आश्रमले जनाएको छ।

मानवसेवा आश्रमले समाजमा असहाय, बेसाहारा र उपचारविहीन अवस्थामा रहेका व्यक्तिहरूलाई उद्धार गरी उपचार तथा पुनर्स्थापना गर्दै आएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM