२०८२ चैत्र ५ गते बिहीबार

बिरगंजमा घटस्थापनाको अवसरमा पिक्स लेन्सद्वारा टि–शर्ट सहयोग तथा निःशुल्क फोटो–भिडियो सेवा दिने घोषणा

 

दशैंको पहिलो दिन घटस्थापनाको पावन अवसरमा पर्सा जिल्ला, बिरगंजस्थित पिक्स लेन्सले नव दुर्गा पूजा सेवा समितिलाई ३५ वटा टि–शर्ट सहयोग गरेको छ। समितिका पदाधिकारीहरूलाई एक विशेष कार्यक्रममार्फत टि–शर्ट हस्तान्तरण गरिएको हो।

यस अवसरमा आयोजित भव्य कलश यात्रामा ५०० भन्दा बढी भक्तजनहरूको सहभागिता रह्यो। भक्तजनहरूले घटस्थापनाको दिन बिहानै दुर्गा माताको जयघोष गर्दै नगर परिक्रमा गरेका थिए। समितिले यस वर्ष पनि आफ्नो क्षेत्रमै दुर्गा माताको मूर्ति स्थापना गरी सर्वसाधारणलाई निःशुल्क पूजा–अर्चना तथा सेवा प्रदान गरिरहेको छ।

नव दुर्गा पूजा सेवा समितिका पदाधिकारीहरूले पिक्स लेन्सलाई प्रदान गरिएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै यस्ता सहकार्यहरूले धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेका छन्।

पिक्स लेन्सका सञ्चालक सौरभ अग्रवालले दशैंको समयमा समितिको सम्पूर्ण कार्यक्रमहरूमा निःशुल्क फोटोग्राफी तथा भिडियो ग्राफी सेवा प्रदान गर्ने निर्णय गरेका छन्। उनले यसलाई समाजसेवा र सांस्कृतिक संरक्षणप्रतिको आफ्नो योगदानका रूपमा लिएका छन्।

यस वर्षको दशैं विशेष कार्यक्रम नगवा दुर्गा पूजा समितिद्वारा मनाइनेछ। समितिले भक्तजनहरूलाई शान्ति, सद्भाव र सामाजिक एकताको सन्देशसहित दसैं पर्वलाई भव्य र सब्य गर्ने भएका बताए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM