२०८२ चैत्र ५ गते बिहीबार

गहवामाइ मन्दिरमा प्रसाद वितरण कार्यक्रम सम्पन्न

 

लायन्स क्लब बिरगंज परिवार र लायन्स क्लब बिरगंज कुटुम्ब र अन्य क्लबको संयुक्त आयोजनामा आज घटस्थापनाको दिन गहवामाइ मन्दिर परिसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ।

दशैँको उपलक्ष्यमा आयोजित कार्यक्रममा करिब ३७५ जना भक्तालुहरुलाई प्रसाद वितरण गरिएको थियो। कार्यक्रमलाई भव्य र सफलतापूर्वक सम्पन्न गरिएको थियो र यो कार्यक्रमलाई साप्ताहिक गर्ने जानकारी परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डेले दिनुभयो।

कार्यक्रममा डिस्ट्रीक्ट एक्जिक्युटिभ चिफ लायन बासु तिमल्सिना, डिस्ट्रीक्ट एक्जिक्युटिभ चिफ लायन बिजया ओझैया, डिस्ट्रीक्ट को-एक्जिक्युटिभ चिफ लायन उमेश साह कानु, डिस्ट्रीक्ट चिफ लायन श्याम गुप्ता, जोन चेयरपर्सन लायन सन्जिता प्याकुरेल, कुटुम्ब क्लब की अध्यक्ष लायन रचना प्याकुरेल, परिवार क्लबका अध्यक्ष लायन नरोत्तम पाण्डे, लायन पुरुषोत्तम गुप्ता सहितका सदस्यहरुको उपस्थिति उल्लेखनीय रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM