२०८२ चैत्र ७ गते शनिबार

पर्सामा स्रोत नखुलेको ८ लाखभन्दा बढी नगदसहित व्यक्ति नियन्त्रण

 

जिल्ला पर्साको वीरगञ्ज महानगरपालिका–१६, भन्सार मेनगेट नजिक नं.१३ गण पर्सा र प्र.सि.सु. गुल्म वीरगञ्जबाट खटिएको संयुक्त सुरक्षादलले ठूलो मात्रामा नगदसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

स.प्र.स.नि. सुजय कुमार सिंहको कमाण्डमा ३ जना सुरक्षाकर्मी र स.प्र.स.नि. मो.हमद मुस्ताक अलीको कमाण्डमा ७ जना सुरक्षाकर्मीको टोलीले भारततर्फबाट नेपाल प्रवेश गर्ने क्रममा BR 05 BF 0469 नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उक्त नगद बरामद भएको हो।

बरामद विवरण १००० दरका नोट ५१५ वटा,५०० दरका नोट ५७२ वटा,१०० दरका नोट ६० वटा कुल जम्मा नगद रकम नेपाली रुपैयाँ आठ लाख सात हजार रुपैया बरामद मोटरसाइकलको अनुमानित मूल्य : रु. १,५०,०००

नियन्त्रणमा परेका व्यक्तिको नाम राजेश कुमार साह तेली
उमेर करिब ४३ वर्ष ठेगाना पर्सा जिल्ला, सखुवापर्सौनी गाउँपालिका–०५ उक्त नगदको वैध स्रोत खुलाउन नसकेपछि साहलाई बरामद मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।

यस घटनासँगै सीमा क्षेत्रमा स्रोत नखुलेको नगद तथा अवैध कारोबार रोकथाममा सुरक्षातन्त्र कडाइ हुँदै गएको प्रहरीको दाबी छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM