२०८२ चैत्र ५ गते बिहीबार

प्राइम बैंक आदर्शनगर शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

 

प्राइम बैंक लिमिटेड आदर्शनगर, वीरगञ्ज शाखाले एक विशेष रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा १० जना महिला सहित जम्मा ७६ जनाले आफ्नो अमूल्य रक्तदान गरेका थिए।

रक्तदान कार्यक्रम बैंकका शाखा प्रमुखको अध्यक्षतामा तथा कर्मचारीहरूको सक्रिय उपस्थितिमा सम्पन्न भएको हो।
यस अवसरमा सुनिता राई, रीता साह, कृष्ण प्रसाद कानु, लक्ष्मण चौधरी, विन्द्र साह, अर्जुन चौधरी, प्रिन्स कुमार सिंह, मनमोहन शर्मा, धिरज चौधरी, सरोज श्रेष्ठ, सुनिल श्रेष्ठ, नितेश कुमार, रविन्द्र चालिसेलगायतले रक्तदान गरेका थिए।

कार्यक्रमलाई रक्त सञ्चार केन्द्र वीरगञ्जका प्राविधिक जितेन्द्र कुश्वाहा र उनकी टोलीले प्राविधिक सहयोग पुर्‍याएका थिए।

रक्तदान कार्यक्रममा समाजसेवी राजेन्द्र भट्टराईको विशेष उपस्थिति रहेको थियो। नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका स-कोषाध्यक्ष अभिलाष गुप्ताले कार्यक्रमको बारेमा जानकारी दिएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM