२०८२ चैत्र ५ गते बिहीबार

जीवनमा आशाको ज्योति सधैं प्रज्वलित रहनु पर्छ : बिमल सर्राफ

आफ्नो जीवनबाट आशाको किरण कहिल्यै निभ्न नदिनुहोस्, किनकि आशाको एक किरणले नै हामीलाई शान्ति, विश्वास र प्रेमले भरिएको जीवन दिन सक्छ।”उक्त विचार लायन्स क्लब अफ रक्सौलका अध्यक्ष तथा सञ्चार प्रभारी एवम् सामाजिक अभियन्ता लायन बिमल सर्राफले सञ्चारकर्मीहरूसँग कुरा गर्दै व्यक्त गरेका हुन्।

उनका अनुसार, सबै मानिसले आफ्नो जीवनमा शान्ति चाहन्छ, तर प्रायः हामी शान्तिलाई कुनै बाह्य वस्तु सम्झन्छौं र त्यसलाई टाढा–टाढा खोज्ने गर्छौं।तर वास्तविक शान्ति हाम्रो मनको भीतरी चेतनामा नै रहेको हुन्छ। दुःख, कष्ट र कठिनाइका बीच पनि स्थिर र संयमित रहनु नै साँचो शान्ति हो।

बिमल सर्राफले थपे “जो अरूलाई जिताउँछ, ऊ कहिल्यै हार्दैन। अरूलाई माया दिएर हामी केही गुमाउँदैनौं, तर घृणा गरेर कहिल्यै केही पाउँदैनौं।”
उनले जीवनको दर्शन प्रस्तुत गर्दै भने “यो संसारमा हाम्रो आफ्नै समय मात्र हो। यदि समय सही छ भने सबै कुरा आफ्नो हुन्छ। वास्तविक सम्पन्नता मनको हुन्छ, धनको होइन, किनकि धनले अहंकार ल्याउँछ भने मनको सम्पन्नताले संस्कार दिन्छ।”

उनले जीवनलाई एउटा विद्यालयसँग तुलना गर्दै भने
“समस्या विना जीवन त्यस्तै हो, जसमा कुनै पाठ छैन। जब हामी आफ्नो दृष्टिकोण परिवर्तन गर्छौं, त्यसै क्षण सृष्टि पनि परिवर्तन हुन्छ।”

सर्राफका अनुसार प्रत्येक मानिसको बुद्धि फरक हुन्छ, ठीक त्यस्तै जस्तै प्रत्येक घडामा रहेको पानी फरक हुन्छ। प्रत्येक जाति, समुदाय र व्यक्तिका आचार–विचार र बोल्ने शैली अलग–अलग हुन्छन्।
तर साँचो साधक ऊ हो, जसले यी सबै भिन्नतामा पनि एकता र समरसताको अनुभूति गर्न सक्छ, किनकि सबै मत अन्ततः एउटै परम सत्य परमात्मातिर अग्रसर छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM