२०८२ चैत्र ५ गते बिहीबार

वीरगंजमा ‘मिथिलाको विवाह परम्परा’ पुस्तक विमोचन समारोह सम्पन्न

 

वीरगंजस्थित होटल कुमु प्यालेसमा श्रीमती चंचला राजद्वारा लेखिएको ‘मिथिलाको विवाह परम्परा’ नामक पुस्तकको भव्य विमोचन समारोह सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ अधिवक्ता एवं पूर्वमन्त्री लक्ष्मण लाल कर्णले पुस्तकको विमोचन गर्दै मिथिला संस्कृति, रीतिरिवाज र परम्परागत मूल्यहरू संरक्षणमा यस पुस्तकले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

समारोहमा विशिष्ट अतिथीका रूपमा वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा वरिष्ठ उद्योगपति गणेश लाठ, मधेश विश्व विद्यालयका उपकुलपति एवं समाजसेवी दीपक शाक्य, समाजसेवी महेश दास, उषा साह, मधु राणा, र शिक्षिका अनिता साहलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले लेखिका चंचला राजको प्रयासको प्रशंसा गर्दै मिथिला समाजको सांस्कृतिक दस्तावेजीकरणमा यस पुस्तकले नयाँ दिशा दिने बताएका थिए। उनीहरूले पुस्तकले नयाँ पुस्तामा संस्कार र परम्पराबारे जानकारी र गर्व जगाउने अपेक्षा समेत व्यक्त गरे।

कार्यक्रममा डा. अशोक दास, धु्रव सिंह ठकुरी, विभिन्न सामाजिक अभियन्ता, बुद्धिजीवी, साहित्यकार तथा सञ्चारकर्मीहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रमको संचालन पंकज दासले गरेका थिए।

लेखिका चंचला राजले आफ्नो मन्तव्यका क्रममा पुस्तक लेखनको प्रेरणा र उद्देश्यबारे जानकारी दिँदै मिथिलाको परम्परागत विवाह संस्कारलाई नजिकबाट अध्ययन गरेर पुस्ताका लागि सजीव दस्तावेजको रूपमा प्रस्तुत गर्न चाहेको बताइन्।समारोहको अन्त्यमा सहभागी अतिथिहरूले लेखिकालाई शुभकामना तथा सफलताको कामना व्यक्त गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM