२०८२ चैत्र ५ गते बिहीबार

इनर्वामा विराट कुस्ती प्रतियोगिताको भव्य उद्घाटन

इनर्वामा विराट कुस्ती प्रतियोगिताको भव्य उद्घाटन

अभिलाष गुप्ता
वीरगंज, ११ कार्तिक

छठ पर्व तथा शुभ दीपावलीको अवसरमा वीरगंज महानगरपालिका–१६, इनर्वामा आयोजित विराट कुस्ती (दंगल) प्रतियोगिताको भव्य उद्घाटन पूर्व मन्त्री प्रदीप यादवले गरेका छन्।
इनर्वा महाबीर मन्दिर संरक्षण समाज, पर्साद्वारा आयोजित सो प्रतियोगिताको उद्घाटन गर्दै पूर्व मन्त्री यादवले यस्तो सांस्कृतिक तथा खेलकुदमूलक कार्यक्रमको भाग बन्न पाउँदा आफू अत्यन्त खुशी भएको बताए।

उनले भने परम्परागत कुस्ती खेल हाम्रो सांस्कृतिक पहिचानको प्रतीक हो। यस्तो प्रतियोगिताले स्थानीय प्रतिभालाई प्रोत्साहन गर्दै अनुशासन, साहस र आत्मविश्वास जगाउने काम गर्छ।

प्रत्येक वर्षझैं यस वर्ष पनि छठ पूजाको परनाको दिन आयोजना गरिएको यो कुस्ती प्रतियोगितामा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह विशिष्ट अतिथि रूपमा सहभागी भएका थिए।
मेयर सिंहले भने, यो प्रतियोगिताले स्थानीय समुदायलाई मनोरञ्जनका साथै नयाँ खेलाडी उत्पादनमा टेवा पुर्‍याउने विश्वास हामीले लिएका छौं।

आयोजकका अनुसार यस वर्षको प्रतियोगितामा नेपालका विभिन्न जिल्लाका साथै भारतका विभिन्न राज्यहरूबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका पहलवानहरूको सहभागिता रहेको छ।
दुई दिनसम्म सञ्चालन हुने यो प्रतियोगिताले सीमावर्ती क्षेत्रका खेलप्रेमीहरूलाई आकर्षित गरेको छ।

कार्यक्रमका लागि आयोजक संस्था इनर्वा महाबीर मन्दिर संरक्षण समाज र प्रायोजक वीरगंज महानगरपालिका–१६ वडा समितिलाई उपस्थित अतिथि र दर्शकहरूले विशेष धन्यवाद ज्ञापन गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM