२०८२ चैत्र ५ गते बिहीबार

नेपाल अडिटर्स एशाेसिएसन मधेश प्रदेशद्वारा जनकपुरमा सिपिई तालिम सम्पन्न, केन्द्रीय पदाधिकारीहरूलाई मिथिला परम्पराअनुसार सम्मान

 

नेपाल अडिटर्स एशाेसिएसन मधेश प्रदेशको आयोजनामा शुक्रबार जनकपुरधामस्थित सीता प्यालेसमा सिपिई (Continuing Professional Education) तालिम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा देशभरका लेखापरीक्षकहरूको उपस्थिति रहेको थियो भने, तालिममा लेखापरीक्षण पेशासँग सम्बन्धित नवीनतम अभ्यास, पारदर्शिता, नीतिगत सुधार र प्रविधिमूलक अद्यावधिकका विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमका विशेष अतिथि तथा नेपाल अडिटर्स एशाेसिएसनका केन्द्रीय अध्यक्ष बद्रि प्रसाद भट्टराई, वरिष्ठ उपाध्यक्ष डी.पी. दाहाल, प्रदेश उपाध्यक्ष प्रदीप यादव, केन्द्रीय सदस्यहरू दिनानाथ रौनियार, अमरनाथ साह, महेन्द्र यादव, उमेश मिश्र तथा सल्लाहकार उग्रकान्त झा लगायतको उपस्थिति उल्लेखनीय रहेको थियो। साथै केन्द्रीय विशेषज्ञ समितिका सदस्य मनोज कुमार श्रीवास्तव पनि कार्यक्रमका सहभागी थिए।

मधेश प्रदेश समितिले आफ्नो परम्परागत आतिथ्य संस्कृतिअनुसार अतिथिहरूलाई मिथिलाको प्रसिद्ध पाग (टोपी) र दोशल्ला ओढाई सम्मान गरेको थियो। यस अवसरमा वक्ताहरूले अडिट पेशाको मर्यादा र जिम्मेवारीबारे चर्चा गर्दै, पारदर्शिता, सत्यनिष्ठा र व्यावसायिक आचरणलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमका समापन सत्रमा आयोजक समितिले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा यस्ता सीप विकासमुखी तालिमहरू निरन्तर सञ्चालन गर्ने योजना सार्वजनिक गरेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM