२०८२ चैत्र ५ गते बिहीबार

५७औं श्री श्याम कार्तिक महोत्सव बीरगंजमा पहिलो दिन भव्य रूपमा सम्पन्न

 

हरेक वर्षझैं यस वर्ष पनि श्री श्याम हनुमान ज्योति मण्डल, बीरगंज, नेपालको आयोजनामा ५७औं श्री श्याम कार्तिक महोत्सव महावीर धर्मशालाको प्राङ्गणमा अत्यन्तै भव्य र श्रद्धामय वातावरणमा सम्पन्न भएको छ।

उक्त आयोजित दुईदिने यस धार्मिक महोत्सवमा बीरगंज तथा आसपास क्षेत्रका हजारौं श्याम भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। दिल्ली र कोलकाताबाट आएका चर्चित भजन गायक–गायिकाहरूको प्रस्तुति सहित कार्यक्रमले वातावरण आल्हादित बनाएको थियो।

पहिलो दिनका कार्यक्रम (१५ कार्तिक)पहिलो दिन बिहान ७ बजे ज्योत आव्हान एवं ८ बजेबाट अखंड पाठ प्रारम्भ गरिएको थियो।
साँझ ६ बजेपछि स्थानीय कलाकारहरूले भक्तिमय भजनहरूको प्रस्तुति दिए।राति ८:३० बजे दिल्लीबाट आएकी सुप्रसिद्ध भजन गायिका ऋतु पंचालले भजनहरूको महाकुम्भ प्रस्तुत गर्दै उपस्थित भक्तजनलाई भावविभोर बनाइन्।

दोस्रो दिनका कार्यक्रम (१६ कार्तिक)दोस्रो दिन बिहान ७ बजेबाट सुन्दरकाण्ड पाठ तथा ९ बजे सवामणी भोग सम्पन्न गरिने एवं
बिहान ११ बजेबाट कोलकाताबाट आएका कलाकार विकास झाले मनमोहक भजनहरूको रसपान गराउने छन।
दिउँसो ३:३० बजे विसर्जन तथा ४ बजे निशान शोभायात्रा आयोजना गरिने ।साँझ ६:३० बजेपछि महा प्रसाद वितरण गरी कार्यक्रम सम्पन्न गरिने। आयोजक मण्डलका अध्यक्ष पवन पोद्दारले जानकारी दिनुभयो।

कार्यक्रमको सम्पूर्ण समय बीरगंजमा श्याम नामको जयघोष गुन्जिएको थियो।अखंड पाठ, निशान शोभायात्रा, भजन–कीर्तन, सवामणी एवं छप्पन भोग जस्ता धार्मिक क्रियाकलापहरूले सम्पूर्ण वातावरण भक्ति र उत्साहले भरिने छ।

यस अवसरमा पर्सा जिल्लाका मारवाडी समुदायका अगुवाहरू, समाजसेवी, व्यापारी तथा सर्वसाधारण भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।दुईदिनसम्म चल्ने यस भव्य धार्मिक महोत्सवले बीरगंजमा धार्मिक एकता, श्रद्धा र सांस्कृतिक सम्पदाको उत्कृष्ट उदाहरण प्रस्तुत गरीने छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM