२०८२ चैत्र ४ गते बुधबार

 

पर्सा जिल्लाका सर्वसाधारण नागरिकलाई मतदाता दर्ता प्रक्रियामा सहजता, सेवा र सुविधा उपलब्ध गराउन जनमत पार्टी पर्साले आजदेखि हेल्प डेस्क सञ्चालनमा ल्याएको छ। उक्त हेल्प डेस्क जिल्ला निर्वाचन कार्यालय राधेमाई नजिक स्थापना गरिएको हो।

पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फका अनुसार हेल्प डेस्कमा स्वयंसेवकहरू खटाइने छन् जसले मतदाता दर्ता सम्बन्धी जानकारी, आवश्यक कागजात सहयोग र फाराम भर्न सहयोग गर्नेछन्। साथै, मतदाता दर्तामा जनचेतना जगाउन तथा स्थानीय बासिन्दालाई उत्साहित गर्न गाउँ–गाउँमा घरदैलो र उत्प्रेरणा कार्यक्रम समेत सञ्चालन गरिएको उनले जानकारी दिए।

जनमत पार्टी पर्साले निर्वाचनमा सर्वसाधारणको सक्रिय सहभागिता सुनिश्चित गर्न र कुनै पनि योग्य नागरिक मतदाता दर्ताबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ यो अभियान प्रारम्भ गरेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM