२०८२ चैत्र ४ गते बुधबार

मालिनी एकेडेमीद्वारा अनुछेद तथा निबन्ध लेखन प्रतियोगिता सम्पन्न

 

मालिनी एकेडेमीले हरेक शुक्रबार सञ्चालन गर्दै आएको अतिरिक्त शैक्षिक गतिविधिलाई निरन्तरता दिँदै आज शुक्रबार अनुछेद लेखन तथा निबन्ध प्रतियोगिता सम्पन्न गरेको छ। प्रतियोगितामा विद्यार्थीहरूको लेखन कौशल, विषयवस्तु बुझाइ र अभिव्यक्तिको क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखिएको विद्यालयले जनाएको छ।

विद्यालयका सहायक प्रअ नितेष कुमार झाका अनुसार फरक–फरक कक्षाका विद्यार्थीलाई भिन्न विषयमा प्रतिस्पर्धा गराइएको थियो।
कक्षा १ र ४ : विद्यालयको महत्व,कक्षा ५ र ६ : बन–संपदाको महत्व,कक्षा ७ देखि ९ : मानव जीवनमा नैतिक शिक्षाको महत्व झाका अनुसार विद्यार्थीद्वारा प्रस्तुत गरिएको लेखन अत्यन्त नै उत्साहजनक रहेको र विद्यालयले यस्ता गतिविधिले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको छ।

यसैबीच, विद्यालयले पछिल्लो शुक्रबार सम्पन्न हाजिरी जवाफ प्रतियोगिता तथा हिज्जे (स्पेलिङ) प्रतियोगिता का विजेताहरूलाई पनि आज पुरस्कार वितरण गरेको सहायक प्रअ झाले जानकारी दिए।
उनका अनुसार नियमित रूपमा सञ्चालन हुने यस्ता प्रतिस्पर्धात्मक कार्यक्रमहरूले विद्यार्थीलाइ आत्मविश्वासी, अनुशासित र सक्रिय बन्ने वातावरण तयार पारिरहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM