२०८२ चैत्र ४ गते बुधबार

जेन जी नेतृत्वबीच बिरगंजमा भेटघाट सम्पन्

 

जेन जी नेपालका संयोजक सुदन गुरुङ र जेन जी पर्साका संयोजक बिशेष साहको नेतृत्वमा पर्साका विभिन्न वडा तथा पालिकाबाट नेतृत्व गरिरहेका युवासँग आज बिरगंजमा विशेष भेटघाट सम्पन्न भएको छ।
भेटघाटमा पर्साको युवानेतृत्व, सामाजिक मुद्दा तथा आगामी संगठनात्मक योजनाबारे विस्तृत रूपमा छलफल गरिएको जेन जी पर्साले जनाएको छ।

कार्यक्रममा अभियन्ता रणधीर वर्णावाल, राजा गुप्ता, अजीत सिंह, अमर सराफ, आँशु सिंह, सागर सर्राफ, रिशु वर्मा लगायतको टोली सहभागि थियो। भेटघाट अघि टोलीले बिर्गंजस्थित ऐतिहासिक माईस्थान मन्दिरमा पूजा–पाठ गरी देश–प्रदेशको शान्ति, समृद्धि र युवाको उज्ज्वल भविष्यको कामना गरेका थिए।

नेतृत्वको सामाजिक योगदान, युवाको भूमिका र पर्साको विकासलाई प्राथमिकता दिँदै जेन जी युवाहरू एकीकृत रूपमा अघि बढ्ने निष्कर्ष पनि भेलाले निकालेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM