२०८२ मंसिर २१ गते आईतवार

वीरगञ्ज स्कूल्स कप २०८२: बाल एकता र साउथ जोन विजयी भोलिका सेमिफाइनल तय

 

आज वीरगञ्ज स्कूल्स कप २०८२ अन्तर्गत सातौँ खेलका दुई रोचक क्रिकेट खेलहरू सम्पन्न भए।बाल एकता सेकन्डरी इङ्ग्लिस बोर्डिङ स्कूल र कदम्बरी सेकन्डरी स्कूलबीच खेल भएको थियो। टस जितेर बाल एकताले पहिले ब्याटिङ गर्ने निर्णय गर्‍यो र निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४० रन बनायो। जवाफमा कदम्बरी सेकन्डरी स्कूलले १८.३ ओभरमै १० विकेट गुमाउँदै ७८ रन मात्र बनाउन सक्यो। अन्ततः खेल बाल एकता सेकन्डरी इङ्ग्लिस बोर्डिङ स्कूलले ६२ रनले जित्यो।आजको म्यान अफ द म्याच सनी शाह घोषित भए, जसले २ ओभरमा मात्र ७ रन दिएर २ महत्वपूर्ण विकेट लिए।

अल्पाइन सेकन्डरी स्कूल र साउथ जोन सेकन्डरी स्कूलबीच आमनेसामने खेल भएको थियो। टस जितेर अल्पाइनले फिल्डिङ रोज्यो। ब्याटिङमा उत्रिएको साउथ जोनले १८.३ ओभरमा १० विकेट गुमाउँदै ११८ रन बनायो। जवाफमा अल्पाइनले २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सक्यो। यसरी साउथ जोन सेकन्डरी स्कूलले २२ रनले जीत हासिल गर्‍यो।
आजको म्यान अफ द म्याच मिस्बाबुल अन्सारी घोषित भए, जसले ३८ रन बनाउनुका साथै २ विकेट लिन सफल भए।भोलिका खेलहरू (पाँचौँ दिन):
पहिलो सेमिफाइनल: ग्रीन ल्याण्ड सेकन्डरी स्कूल vs साउथ जोन सेकन्डरी स्कूलदोस्रो सेमिफाइनल: विद्या सदन सेकन्डरी स्कूल vs बाल एकता सेकन्डरी इङ्ग्लिस बोर्डिङ स्कूल पहिलो खेल बिहान ९:०० बजे र दोस्रो खेल दिउँसो १२:०० बजे नारायणी क्रिकेट ग्राउन्डमा नियमित समयअनुसार सुरु हुनेछ। भोलिका दुवै खेलले प्रतियोगिताका सेमिफाइनलको चरण निर्धारण गर्नेछन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM