२०८२ मंसिर २१ गते आईतवार

रक्सौलमा आरएसएस तथा साहित्यिक संस्थाका संस्थापक साहित्यकार स्व. चन्द्रेश्वर प्रसाद वर्माको प्रतिमा स्थापना गर्न साहित्यप्रेमीहरूको माग

 

रक्सौल—भारत–नेपाल प्रवेशद्वार मानिने रक्सौलमा पछिल्ला वर्षहरूमा साहित्यिक गतिविधि निकै कम हुँदै गएको छ। यस रोकेको धारालाई पुनः चुस्त बनाउनका लागि यहाँका साहित्यप्रेमीहरूले आरएसएसका संस्थापक तथा प्रसिद्ध साहित्यकार, पत्रकार स्व. चन्द्रेश्वर प्रसाद वर्माको प्रतिमा स्थापना गर्न माग गरेका छन्।

स्व. वर्माको जन्म ५ जनवरी १९३९ मा रक्सौलमै भएको थियो। उनले रक्सौलको साहित्यिक वातावरण निर्माण गर्न, नयाँ प्रतिभालाई अघि ल्याउन र साहित्यिक संस्कृतिलाई जोगाइराख्न अमूल्य योगदान दिएका थिए। उहाँको निधनपछि रक्सौलमा साहित्यिक गतिविधि क्रमशः थिथिेे हुँदै गएको स्थानीयहरू बताउँछन्।

तुमडिया टोल निवासी स्व. वर्मा सन् ६०–७० को दशकमा रक्सौलमा हिन्दी साहित्यका प्रमुख हस्ती मानिन्थे। धोती–कुर्ता, पानको गिलोरी, सरल जीवन–व्यवहार र तीखा नयन–नक्शका धनी वर्माको व्यक्तित्व सबैलाई आकर्षित गर्थ्यो।उनको सरल भाषा–शैली र साहित्यप्रतिको प्रतिबद्धता उनको पत्रिका ‘अनलकण’ मा स्पष्ट झल्किन्थ्यो।

मोतिहारीको मुंशी सिंह कलेज र मुजफ्फरपुरको लंगट सिंह कलेजमा अध्ययनरत वर्मा आरएसएससँग घनिष्ठ रूपमा जोडिए। हिन्दु, हिन्दुत्व र हिन्दीप्रतिको मोहले प्रभावित वर्माले एम.ए. अध्ययनपछि मझौलियास्थित मोतीलाल उच्च माध्यमिक विद्यालयमा शिक्षक जीवन सुरु गरे।

सन् १९६५ मा उनले रक्सौलमा आरएसएसको स्थापना गरे।
अटल बिहारी वाजपेयीप्रति उच्च श्रद्धा राख्दै उनका सुझावमा वर्माले सरकारी जागिर त्यागेर १९६७ मा जनसंघ पार्टीको ‘दीपक’ चिन्हमा पहिलो पटक विधानसभा चुनाव लडे। उनी ४ मतले पराजित भए। १९७२ मा पुनः चुनाव लड्दा ४० मतले हार मान्नुपर्यो।राष्ट्रियता, समाज–सुधार र सांस्कृतिक जागरणका विषयमा उनका जोशीला भाषणहरू आज पनि धेरैलाई स्मरणीय छन्।

राजनीतिबाट स्वास्थ्य समस्याका कारण पछि हटेपछि वर्मा आर्यावर्त हिन्दी दैनिकमा उप–सम्पादक बने। साथै, ‘मर्यादित सीमा’ तथा विभिन्न पत्र–पत्रिकामा राजनीतिक तथा सामाजिक टिप्पणी लेख्थे।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM