२०८२ मंसिर २१ गते आईतवार

रेडियो वीरगंज ९९ मेगाहर्जको २३औँ वार्षिकोत्सव : भारतीय महावाणिज्य दूतावासको सहकार्यमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

 

रेडियो वीरगंज ९९ मेगाहर्जको २३औँ वार्षिकोत्सवको अवसरमा भारतीय महावाणिज्य दूतावास, वीरगंजको सहकार्यमा बृहत रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। मुर्ली बगैचास्थित रेडियो परिसरमा आयोजित कार्यक्रममा २७ महिलासहित २०८ जनाले रक्तदान गरेका छन्।

कार्यक्रमको अध्यक्षता रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले गरेका थिए। कार्यक्रममा भारतीय महावाणिज्य दूतावास, वीरगंजका दूत डी एस मिना,बिरगंजका मेयर राजेशमान सिंह, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, युवा नेता ओमप्रकाश सराफ, नेपाल रेडक्रस सोसाइटी रेशमकोठि उपशाखाका स-कोषाध्यक्ष अभिलाष गुप्ता, ग्रीनसिटीका अध्यक्ष जयप्रकाश खेतानलगायत विभिन्न मिडियाका पत्रकार तथा विभिन्न संघ–संस्थाका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

त्यसैगरी संघीय सरकारका पूर्व कानुन मन्त्री अजय चौधरी, वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेली, पूर्व मेयर नितेन्द्र साह, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, पर्साका प्रहरी प्रमुख एसपी सुदिपराज पाठक, राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता नेजामुदिन सम्मानी, नेपाली कांग्रेसका युवा नेता लुकेश सिंह, अनिल कुमार साहलगायतको पनि विशेष उपस्थिति रहेको थियो।

रक्तदान कार्यक्रम रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभ राज पाण्डेको नेतृत्वमा प्राविधिक टोलीले सफलतापूर्वक सञ्चालन गरेको हो।

कार्यक्रमका अध्यक्ष ध्रुव साहका अनुसार “समाजसेवा नै रेडियो वीरगंजको मूल मूल्य र पहिचान हो। २३औँ वार्षिकोत्सवको अवसरमा रक्तदानजस्तो महत्त्वपूर्ण मानवीय अभियान आयोजना गर्न पाउ“दा हामी गौरवान्वित छौँ। २०८ जना दाताहरूले देखाएको उत्साहले वीरगंजको मानवता र एकताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। भविष्यमा पनि रेडियो वीरगंजले समाजहितका कार्यक्रमलाई निरन्तरता दिनेछ,” भन्दै सबै दाताप्रति कृतज्ञता व्यक्त गरे।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM