२०८२ चैत्र ३ गते मंगलवार

गौरवशाली नेपाल विषयक सेमिनार : लेफ्टिनेन्ट कर्णेल कार्कीको प्रेरणादायी सम्बोधनले गौतम स्कुलका विद्यार्थी उत्साहित

 

आज श्री श्री जङगण बटालियन पर्सा (नेपाली सेना) का गणपति लेफ्टिनेन्ट कर्णेल लोकेन्द्र कार्की एवं लोकमणि अधिकारीलगायत नेपाली सेनाको समर्पित टोलीलाई गौतम स्कुलका विद्यार्थीहरूले हार्दिक र सम्मानपूर्वक स्वागत गरेका छन्।

विद्यालयको सभाहलमा आयोजित ‘गौरवशाली नेपाल’ विषयक प्रेरणादायी सेमिनारले विद्यार्थी तथा उपस्थित शिक्षकहरूलाई नेपालको गौरवमय इतिहास, राष्ट्रिय पहिचान, देशभक्ति तथा जिम्मेवार नागरिकत्वबारे महत्वपूर्ण सन्देश प्रदान गरेको थियो।प्रमुख वक्ता लेफ्टिनेन्ट कर्णेल कार्कीले नेतृत्व क्षमता, अनुशासन, राष्ट्रप्रेम, राष्ट्रिय एकता र नेपालको सार्वभौमिकता रक्षा गर्न नेपाली सेनाको महत्वपूर्ण भूमिकाबारे प्रेरक विचारहरू राखे।

उनको सम्बोधनले विद्यार्थीहरूमा देशप्रतिको भावनात्मक जोड, कर्तव्यबोध, र समृद्ध नेपाल निर्माणमा योगदान पुर्‍याउने उत्साह थप बलियो बनेको विद्यालयले जनाएको छ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गणेश क्षेत्री तथा स्कुल प्रशासन प्रमुख रमेश शर्माले लेफ्टिनेन्ट कर्णेल कार्की तथा उनका पूरै टोलीको मूल्यवान समय, मार्गदर्शन र राष्ट्रसेवाको प्रेरणाका लागि हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेका थिए।

सेमिनारमा विद्यार्थी तथा शिक्षकहरूको उत्साहजनक उपस्थिति रहेको थियोे, जसले कार्यक्रमलाई झनै प्रभावकारी र सफल बनायो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM