२०८२ फाल्गुन १९ गते मंगलवार

बिरगंजमा स्काउट विद्यार्थीद्वारा ६ नं गेटदेखि कुम्हाल टोलसम्म सरसफाइ अभियान सम्पन्न

 

मूनालाइट स्कुलका कक्षा ७ र ८ मा अध्ययनरत स्काउट विद्यार्थीहरूले आज सामुदायिक सरसफाइ अभियान सञ्चालन गरेका छन्। स्काउट ड्रेसमै विद्यार्थीहरूको सहभागितामा ६ नं गेट क्षेत्रदेखि कुम्हाल टोलका विभिन्न क्षेत्रमा सडक, वरिपरिका ठाउँ तथा सार्वजनिक स्थानहरू सफा गरिएको विद्यालयले जानकारी दिएको छ।

सरसफाइ कार्यक्रममा छात्र–छात्राहरूले सक्रिय रूपमा झाडू, कचरा बोरा र अन्य सरसफाइ सामग्री सहित अभियानलाई प्रभावकारी बनाएका थिए। विद्यार्थीहरूको यो पहलले स्थानीय टोल समाजले प्रशंसा व्यक्त गर्दै नियमित रूपमा यस्ता सामाजिक गतिविधि गर्दै जाँदा टोल सफा–सुन्दर बन्ने धारणा राखेको छ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्याम के.सी. तथा भूपनारायण पटेलको उपस्थिति रहेको थियो। विद्यार्थीहरूले “आफ्नो टोल सफा राखौं” भन्ने संदेशका साथ अन्य ठाउँमा फालिएको प्लास्टिक तथा फोहोर समेत उठाई समाजमा जागरूकता फैलाएका थिए।

यसैक्रममा वडा नं. ५ का वडा अध्यक्ष प्रदीप चौरसियाले पनि अभियानमा आवश्यक सहयोग गर्दै विद्यार्थीसँग सरसफाइको महत्वबारे चर्चा गरेका थिए।

स्काउट विद्यार्थीहरूले भोलि कुम्हाल टोलमा बिहान १० बजेबाट घर–घर पुगेर “आफ्नो घर वरिपरि सफा राखौं” भन्ने विषयमा मौखिक जानकारी दिने तथा सरसफाइ सम्बन्धी पम्पलेट वितरण गर्ने कार्यक्रम तय गरिएको विद्यालयले बताएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM