२०८२ चैत्र ३ गते मंगलवार

प्याब्सन बीरगञ्जद्वारा दोस्रो संस्करणको Girls तथा Junior Boys T10 नकआउट क्रिकेट प्रतियोगिता आयोजना हुँदै

 

निजी तथा आवासीय विद्यालय संगठन (PABSON) बीरगञ्जको आयोजनामा दोस्रो संस्करणको PABSON Girls and Junior Boys T10 Knockout Cricket Tournament आयोजना हुन गइरहेको छ। विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै अनुशासन, नेतृत्व क्षमता, आपसी सहयोग र टिमवर्कको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्याब्सन बीरगञ्जले जनाएको छ।

प्रतियोगितामा प्याब्सन अन्तर्गतका विभिन्न विद्यालयका ३३ वटा छात्रा (Girls) टिम तथा ४ देखि ३४ वटा जुनियर छात्र (Junior Boys) टिम को सहभागिता रहनेछ। बीरगञ्जस्थित आदर्शनगर रंगशालामा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन समारोह पुष २ गते बिहान ११ बजे हुने तय गरिएको छ भने प्रतियोगिताको समापन पुष १६ गते हुनेछ।

T10 नकआउट ढाँचामा सञ्चालन हुने यस प्रतियोगिताले सीमित समयमा युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने आयोजकले जनाएको छ। प्रतियोगिता खेल भावना, निष्पक्षता र अनुशासनको पूर्ण पालना गर्दै सञ्चालन गरिनेछ।

पुरस्कार विवरण यस प्रकार रहेका छन् विजेता : ट्रफी, प्रमाणपत्र तथा मेडल,उपविजेता : ट्रफी र प्रमाणपत्र,तेस्रो स्थान : ट्रफी,प्लेट च्याम्पियनसिप विजेता : ट्रफी,सहभागी विद्यालय : प्रमाणपत्र,प्लेयर अफ द टुर्नामेन्ट : ट्रफी र प्रमाणपत्र,प्रत्येक खेलको प्लेयर अफ द म्याच : प्रमाणपत्र,फाइनलको प्लेयर अफ द म्याच : ट्रफी र प्रमाणपत्र,तेस्रो स्थानको खेल : ट्रफी र प्रमाणपत्र,प्लेट च्याम्पियनसिप फाइनल : ट्रफी र प्रमाणपत्र,उत्कृष्ट ब्याटर : ट्रफी र प्रमाणपत्र,उत्कृष्ट बलर : ट्रफी र प्रमाणपत्र,उत्कृष्ट फिल्डर : ट्रफी र प्रमाणपत्र,सर्वाधिक अनुशासित टिम : ट्रफी र प्रमाणपत्र रहेको सचिव अमित आलोकले जानकारी दिए।

बीरगञ्जको खेलकुद विकासलाई विशेष प्राथमिकता दिँदै विशेषगरी छात्रातर्फको क्रिकेट प्रवर्द्धन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। यस प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास बढाउनुका साथै भविष्यका दक्ष खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास प्याब्सन बीरगञ्जले व्यक्त गरेको छ।

उक्त प्रेसमिटमा नगर अध्यक्ष राहुल श्रीवास्तव,सचिव अमित आलोक,वरिष्ठ सल्लाहकार अशोक सङौला,मार्टिन मोक्तानअलोक चौरसिया,बिजय बल रहेका थिए।कार्यक्रमको सफल आयोजनाका लागि सम्पूर्ण विद्यालय, अभिभावक, शिक्षक, खेलप्रेमी तथा सञ्चारकर्मीहरूबाट आवश्यक सहयोगको अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM