२०८२ चैत्र ३ गते मंगलवार

श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बस्डिलवामा स्वेटर वितरण कार्यक्रम सम्पन्न

 

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. २९ बस्डिलवा स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयद्वारा आयोजित स्वेटर वितरण कार्यक्रम प्रमुख अतिथि पूर्व मन्त्री प्रदीप यादवको आतिथ्यमा सम्पन्न भएको छ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको विशेष उपस्थिति रहेको थियो। प्रदुमन प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूलाई न्यानो स्वेटर वितरण गरिएको थियो।

सो अवसरमा प्रमुख अतिथि पूर्व मन्त्री यादवले प्रदुमन प्रसाद यादवको सराहनीय योगदानप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै विद्यार्थीहरूको शैक्षिक उन्नति तथा उज्ज्वल भविष्य निर्माणका लागि यस्ता सामाजिक तथा शैक्षिक पहलहरू अत्यन्तै महत्वपूर्ण रहने विश्वास व्यक्त गरे। उनले शिक्षा क्षेत्रमा समुदायको सक्रिय सहभागिताले गुणस्तरीय शिक्षा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमले विद्यार्थीहरूमा अध्ययनप्रतिको उत्साह बढाउनुका साथै सामाजिक सद्भाव र सहयोगको भावना बलियो बनाएको सहभागीहरूको भनाइ थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM