२०८२ चैत्र ३ गते मंगलवार

प्याब्सन वीरगञ्जको दोस्रो संस्करणको छात्रा तथा जुनियर छात्र नकआउट क्रिकेट प्रतियोगिताको शुक्रवार पाँच खेल

 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन वीरगञ्जको आयोजनामा दोस्रो संस्करणको प्याब्सन छात्रा तथा जुनियर छात्र नकआउट क्रिकेट प्रतियोगितामा रोमाञ्चक पाँच खेल सम्पन्न भएका छन्। प्याब्सन वीरगञ्जका अनुसार विद्यार्थीहरूमा खेलकुद भावना विकास गर्नुका साथै शारीरिक र मानसिक विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना सचिव अमित आलोकले जानकारी दिए ।

पहिलो खेल छात्रा तर्फ माउन्ट एडमन्ड र जीवन ज्योति स्कुलबीच भएको खेलमा माउन्ट एडमन्ड ९ विकेटले विजयी भयो। उत्कृष्ट प्रदर्शन गरेकी स्मृति कुमारी भुलम प्लेयर अफ दि म्याच घोषित भइन्।दोस्रो खेल जुनियर छात्र तर्फ अल्पाइन र माउन्ट मकालुबीचको प्रतिस्पर्धामा अल्पाइनले २९ रनको स्पष्ट जित निकालेको छ। अल्पाइनका अजद आलम प्लेयर अफ दि म्याच बने।तेस्रो खेल छात्रा तर्फ गौतम र गुरुकुलबीचको खेलमा गौतम स्कुलले ६० रनको फराकिलो जित हात पार्‍यो। गौतमकी श्रेष्का बस्नेत उत्कृष्ट खेलाडी घोषित भइन्। चौथो खेल छात्रा तर्फ अल्पाइन र एसआर ग्यालेक्सीबीच भएको खेलमा एसआर ग्यालेक्सीले ५ विकेटको जित दर्ता गर्‍यो। यस खेलमा रागनी कुशवाहा प्लेयर अफ दि म्याच बनिन्।पाँचौं खेल जुनियर छात्र तर्फ गौतम र गोल्डेन फ्युचरबीचको खेलमा गोल्डेन फ्युचरले ७ विकेटको जित हासिल गर्‍यो। गोल्डेन फ्युचरका रेहान अन्सारी उत्कृष्ट खेलाडी घोषित भएका छन्।

आयोजकका अनुसार प्रतियोगिताले विद्यालयस्तरमै क्रिकेटप्रतिको रुचि बढाउनुका साथै विद्यार्थीहरूबीच अनुशासन, टिमवर्क र प्रतिस्पर्धात्मक भावना विकास गर्ने अपेक्षा गरिएको छ। प्रतियोगिताका बाँकी खेलहरू आगामी दिनमा निरन्तर सञ्चालन हुने प्याब्सन वीरगञ्जले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM