२०८२ चैत्र ३ गते मंगलवार

नेपालमै पहिलो पटक किरण आँखा अस्पतालबाट एसिलोर–लक्सोटिका एक्सपेरियन्स जोन सुरु

 

वीरगञ्ज नेपालमा पहिलो पटक एसिलोर–लक्सोटिकाको ‘एक्सपेरियन्स जोन’ वीरगञ्जस्थित किरण आँखा अस्पतालबाट सुरु गरिएको छ। एक विशेष कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले शुक्रबार उक्त एक्सपेरियन्स जोनको उद्घाटन गर्नुभयो।

उद्घाटन समारोहमा महानगर प्रमुख सिंहले किरण आँखा अस्पतालले उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै यहाँ उपलब्ध विश्वस्तरीय र गुणस्तरीय चस्मा तथा लेन्सको सेवा लिन सबैमा आग्रह गर्नुभयो। उहाँले यो एक्सपेरियन्स जोनबाट वीरगञ्जसहित सीमावर्ती भारतका नागरिकहरू समेत लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो।

यसैबीच, एसिलोर–लक्सोटिकाका नेपालका बजार प्रमुख कामना गिरीले आँखाको चस्मामा प्रयोग हुने ओरिजनल लेन्समध्ये विश्वको नम्बर एक ब्रान्ड एसिलोर भएको जानकारी दिनुभयो। उहाँका अनुसार यी लेन्स आँखाका लागि सुरक्षित, टिकाउ र दीर्घकालीन प्रयोगका लागि उपयुक्त भएकाले अलि महँगो भए पनि स्वास्थ्यका दृष्टिले लाभदायक छन्।

उद्घाटन कार्यक्रममा डा. आनन्द कुमार झा, डा. मनोज रुङगटा, डा. राकेश झा, डा. अभिषेक सिंह, डा. जगदिश अग्रवाल, डा. मञ्जुलता अग्रवाल, एम. ईजहार, ग्रिन सिटीका अध्यक्ष जय प्रकाश खेतनालगायत अन्य अतिथिहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM