२०८२ चैत्र ३ गते मंगलवार

प्याब्सन विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा रोमाञ्चक खेलहरू सम्पन्न

 

प्याब्सन विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न विभिन्न बालक तथा बालिका समूहका पाँच खेलहरूमा प्रतिस्पर्धात्मक र उत्साहजनक खेल प्रदर्शन देखिएको छ।

प्रतियोगिताको पहिलो खेल (बालक समूह) मा मिनील्यान्ड र मालिनी बीच भएको प्रतिस्पर्धामा मिनील्यान्डले ६ रनले जित हात पार्‍यो। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका सचिन पासवान ‘प्लेयर अफ द म्याच’ घोषित भए।

दोस्रो खेल (बालिका समूह) मा साउथ जोन र माउन्ट मकालु आमनेसामने भएका थिए। साउथ जोनले ६० रनको फराकिलो अन्तरले जित हासिल गर्दै खेलमा आफ्नो दबदबा कायम गर्‍यो। यस खेलकी उत्कृष्ट खेलाडी शिवानी साह घोषित भइन्।

तेस्रो खेल (बालक समूह) मा मानकामना र सन साइन बीच भएको खेलमा मानकामनाले ३९ रनले विजय हासिल गर्‍यो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका ओसिम आलम ‘प्लेयर अफ द म्याच’ बने।

चौथो खेल (बालिका समूह) मा जीवन ज्योति र सन लाइट बीच प्रतिस्पर्धा भएको थियो। जीवन ज्योतिले १० विकेटको शानदार जित दर्ता गर्दै खेल आफ्नो पक्षमा पार्‍यो। उत्कृष्ट प्रदर्शनका लागि सलोनी कलवार ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।

पाँचौँ तथा अन्तिम खेल (बालक समूह) मा सन लाइट र एस आर ग्यालेक्सी बीच भएको खेलमा एस आर ग्यालेक्सीले ९ विकेटले जित निकाल्यो। यस खेलमा उत्कृष्ट खेल देखाएका चन्दन यादव ‘प्लेयर अफ द म्याच’ बने।

प्रतियोगिताले विद्यालयस्तरका खेलाडीहरूको प्रतिभा उजागर गर्नुका साथै खेलकुदप्रतिको उत्साह र अनुशासनलाई थप मजबुत बनाएको आयोजकले बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM