२०८२ चैत्र ३ गते मंगलवार

न्याय, संविधान र मानव अधिकारको पक्षमा नेपाल बारको अभियानअन्तर्गत बिरगंजमा बार डे २०८२ प्रभातफेरी सम्पन्न

 

बिरगंजमा न्याय, संविधान र मानव अधिकारको पक्षमा नेपाल बारको अभियान अन्तर्गत बार डे–२०८२ को अवसरमा आज बिहान  प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।उच्च अदालत बार एसोसिएसन वीरगञ्ज तथा पर्सा जिल्ला अदालत बार एसोसिएसनको संयुक्त आयोजनामा सम्पन्न प्रभातफेरी वीरगञ्जको घण्टाघर चोकबाट सुरु भई वीरगञ्ज बजार परिक्रमा गर्दै पुनः घण्टाघरमै पुगेर सम्पन्न भएको थियो।

उक्त कार्यक्रम उच्च अदालत बार एसोसिएसन बिरगंजका अध्यक्ष सैलेन्द्र बर्माको अध्यक्षता सम्पन्न भएको कार्यक्रम प्रमुख अतिथी जिल्ला बार एसोसिएसनका निबर्तमान उपाध्यक्ष सुधीर कुमार कर्णको आतिथ्यमा सम्पन्न भएको थियोे। भने विशिष्ट अतिथिमा जिल्ला बार एसोसिएसनका अध्यक्ष रामनारायण कुर्मी,उच्च अदालत बार एसोसिएसनका सचीव प्रजवल अधिकार,उच्च अदालत बार एसोसिएसनका कार्य समिती सदस्य चन्द्रीका प्रसाद पटेल लगाएतकाहरुको उपस्थिति रहेको थियोे।

बिरगंज स्कुल अफ ल का कानून अध्ययनरत बिए एल एल बि का विद्यार्थीहरु द्वारा ब्यानर तथा हातमा प्लेकार्ड बोकेर निकालिएको प्रभातफेरीमा बिहान ७ बजेदेखि कानून व्यवसायी, कानून अध्ययनरत विद्यार्थी तथा अन्य सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
प्रभातफेरीका क्रममा सहभागीहरूले न्याय, संविधानको रक्षा तथा मानव अधिकारको सम्मान सम्बन्धी सन्देशमूलक नारा लेखिएका ब्यानर र प्लेकार्ड प्रदर्शन गरेका थिए। कार्यक्रममा कानूनको शासन सुदृढ गर्न तथा नागरिकका मौलिक अधिकारको संरक्षणमा बारको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रम संचालन उच्च अदालत बार एसोसिएसनका कार्य समिती सदस्य चन्द्रीका प्रसाद पटेलले गरेका थिए।आयोजक संस्थाका पदाधिकारीहरूले बार डे–२०८२ को अवसरमा आयोजना गरिएको यस किसिमको कार्यक्रमले न्यायिक सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM