२०८२ चैत्र ३ गते मंगलवार

जगरनाथपुर–२ मा पीडित परिवारको श्राद्धकार्यका लागि समाजसेवी बृजेश्वर चौधरीद्वारा चामल सहयोग

 

जगरनाथपुर गाउँपालिका वडा नम्बर २ मा एक पीडित परिवारको श्राद्धकार्यका लागि समाजसेवी तथा मेयर पदका प्रत्याशी बृजेश्वर चौधरीले खाद्यान्न सहयोग गरेका छन्। यही हप्ता परिवारको घरमा श्राद्धकार्य परेकाले आवश्यक सहयोगस्वरूप ३० किलोका दुई बोरा चामल प्रदान गरिएको हो।

स्ववर्गीय आत्माको चिरशान्ति तथा स्वर्गमा स्थान प्राप्त होस् भन्ने कामनासहित गरिएको उक्त सहयोगले पीडित परिवारलाई ठूलो राहत मिलेको छ। सहयोग हस्तान्तरणका क्रममा चौधरीले आगामी दिनमा पनि विपन्न, दलित तथा पछाडि पारिएका समुदायको हितमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विकास र समानताको यात्रामा सबै वर्ग र समुदायलाई समेटेर अघि बढ्ने आफ्नो उद्देश्य रहेको बताए।

स्थानीयवासीहरूले समाजसेवी भावनाका साथ गरिएको सहयोगको प्रशंसा गर्दै यस्ता कार्यले सामाजिक एकता र मानवीय संवेदनालाई मजबुत बनाउने बताएका छन्। बृजेश्वर चौधरी लामो समयदेखि निरन्तर समाजसेवामा सक्रिय रहँदै आएका व्यक्ति हुन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM