२०८२ चैत्र २ गते सोमबार

रोट्र्याक्ट क्लब अफ वीरगञ्ज महानगर र डिएभी स्कूलको इन्टरएक्ट क्लबको संयुक्त आयोजनामा सहयोग

 

आमा को माया छात्रावासमा थर्मस, मोजा र पञ्जा वितरण कार्यक्रम आयोजक आलोक यादवका अनुसार रोट्र्याक्ट क्लब अफ वीरगञ्ज महानगर र डिएभी स्कूलको इन्टरएक्ट क्लबको संयुक्त आयोजनामा आमा को माया छात्रावासमा न्यानो सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा २६ थान थर्मस, मोजा तथा पञ्जा वितरण गरिएको थियो। कार्यक्रमको प्रायोजन प्रकाश कर्णले गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा प्याब्सन वीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तव उपस्थित रहनुभएको थियो। विशेष अतिथिहरूमा रोट्र्याक्ट क्लब अफ वीरगञ्ज महानगरका अध्यक्ष रामविनय यादव, डिएभी स्कूल इन्टरएक्ट क्लबकी अध्यक्ष नव्या खेतान, यूथ सर्भ सोसाइटीका अध्यक्ष नाकुल गुप्ता, रोट्र्याक्ट क्लब अफ वीरगञ्ज महानगरका पूर्व अध्यक्ष आलोक रजक कर्ण, रोट्र्याक्ट क्लबकी उपाध्यक्ष अञ्जली गर्ग, रोहन गुप्ता तथा हरिशंकर साह सहभागी हुनुहुन्थ्यो।

यसैगरी, डिएभी स्कूल इन्टरएक्ट क्लबका सदस्यहरू जेसिका यादव, मोहित मित्रुका, रिपु सिंह, प्रणव राज कर्ण र सिद्धार्थ शर्मा पनि कार्यक्रममा उपस्थित थिए।

कार्यक्रममा वक्ताहरूले समाजसेवामूलक कार्यले समुदायमा सकारात्मक प्रभाव पार्ने र आगामी दिनमा यस्ता गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। आयोजक संस्थाहरूले सहयोगी हातहरू र उपस्थित सबै अतिथिहरूप्रति धन्यवाद ज्ञापन गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM