२०८२ चैत्र ६ गते शुक्रबार

राष्ट्र निर्माण दल नेपालको घोषणा सभा सम्पन्न, सुधारिएको संसदीय व्यवस्थामा दृढ प्रतिबद्धता

 

राष्ट्र निर्माण दल नेपालको घोषणा सभा सम्पन्न भएको छ। शुक्रबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा दलका अध्यक्ष समिम मियाँ अन्सारीले सुधारिएको संसदीय व्यवस्था, संघीयता, धर्मनिरपेक्षता, पुर्ण समानुपातिक समावेशी व्यवस्थालाई आत्मसात गर्दै र यसको पक्षमा दृढदापुर्वक लाग्ने बताए।

उनले दर्जनौं पार्टीको बिचमा राष्ट्र निर्माण दल नेपालको स्थापनाको आवश्यकता र औचित्यको पुष्टि गरेका थिए। अध्यक्ष अन्सारीले यो दलले हिमाल , पहाड र तराई- मधेशको समान प्रतिनिधित्व गराउदै सबै नेपाली समुदायलाई राष्ट्र निर्माण दल नेपालको अभियानमा जुट्ने बताए। समानुपातिक निर्वाचन तर्फ आफ्नै दल एक्लै लडने बताउदै प्रत्यक्षतर्फ मुद्दा मिल्ने पार्टीसँग गठबन्धन, चुनावी तालमेल गर्ने बताए।

गोलो घेराभित्र पानीको बोतल चुनाव चिन्ह लिएर राष्ट्र निर्माण दल नेपाल चुनावमा होमिएको छ । घोषणा सभामा संविधानसभा सदस्य एवम् पुर्वराज्यमन्त्री मोहम्मद जाकिर हुसैन, गुरुदेव राम, खगेन्द्र ढकाल, सुमन खड्गी, दीपेन्द्र चौधरी, अकबर खानलगायत विभिन्न जिल्लाबाट हजारौं संख्या आएका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको पार्टीका नेता अफरोज मंसुर (अर्पण) ले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM