२०८२ चैत्र २ गते सोमबार

सार्क पत्रकार मञ्च नेपाल च्याप्टरका प्रदेश संयोजक मनोनीत

 

सार्क पत्रकार मञ्च (SAARC Journalist Forum) ले नेपाल च्याप्टरअन्तर्गत विभिन्न प्रदेशका पत्रकारहरूलाई प्रदेश शाखाको संयोजकमा मनोनीत गरेको छ।मञ्चका अनुसार मधेश प्रदेशमा मो. सद्दाब मलिक, बागमती प्रदेशमा राजु नापित, सुदूरपश्चिम प्रदेशमा करण ताम्राकार, कर्णाली प्रदेशमा युवराज शर्मा, लुम्बिनी प्रदेशमा दशरथ घिमिरे, गण्डकी प्रदेशमा रुद्र श्रेष्ठ मगर तथा कोशी प्रदेशमा भोला श्रेष्ठलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको हो।

उक्त जानकारी सार्क जर्नलिस्ट फोरम इन्टरनेशनलका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाले दिएका हुन्।मधेश प्रदेश संयोजक मो. सद्दाब मलिकले चाँडै नै प्रदेशस्तरीय कार्यसमिति विस्तार गरिने जानकारी दिएका छन्।

मनोनयन तथा सम्मेलन कार्यक्रममा सार्क जर्नलिस्ट फोरम इन्टरनेशनलका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, महासचिव अब्दुल रहमानलगायतको उपस्थिति रहेको थियो।
यसैबीच, भारतको बिहार राज्यको नालन्दामा पुस २० र २१ गते दुईदिने अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन आयोजना गरिएको थियो।

सार्क जर्नलिस्ट फोरम इन्टरनेशनल च्याप्टर बिहार, नालन्दा खुला विश्वविद्यालय, अमरपाली कला–साहित्य सम्मेलन तथा मानवअधिकार टुडे को संयुक्त आयोजनामा सम्पन्न सम्मेलनमा नेपालबाट नृपेन्द्रलाल श्रेष्ठ, सद्दाब मलिक, दिपेन्द्र प्रजापति, सैलेश गुप्ता, अभिलाष गुप्ता, राजन कुमार सिंह र सुभास रामलाई पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM