२०८२ चैत्र २ गते सोमबार

लायन्स क्लब वीरगञ्ज र सशस्त्र प्रहरीको पहलमा महिला कैदिबन्दीलाई न्यानो कपडा सहयोग

 

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साको सहकार्यमा लाईन्स क्लब वीरगञ्जको आयोजनामा कारागारमा रहेका महिला कैदिबन्दी तथा उनका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ।

२४ गते बिहान जिल्ला पर्सा बी.म.न.पा.–५ स्थित कारागार कार्यालयमा आयोजित कार्यक्रममा महिला कैदिबन्दीलाई ६२ थान सल तथा कैदिबन्दीसँग रहेका ५ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो।

कार्यक्रममा लाईन्स क्लब वीरगञ्जका अध्यक्ष सुरेश कुमार रुङ्गटा, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका गणपति स.प्र.उ. पुरन चन्द्र भट्ट, कारागार प्रशासक उप–सचिव बाबुलाल रेग्मी, कारागार सुरक्षा बेस वीरगञ्जका बेसपति स.प्र.ना.उ. विष्णुहरी घिमिरे तथा कारागार सुरक्षा गार्डका प्र.ना.नि. डम्मर बहादुर श्रेष्ठको उपस्थिति रहेको थियो।

चिसो मौसमको समयमा कैदिबन्दी तथा बालबालिकालाई राहत पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस सहयोग कार्यले कारागारभित्र रहेका महिला तथा बालबालिकाको स्वास्थ्य र सुरक्षामा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।सूचना अधिकारी तथा शसस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जन द्धारा जानकारी गराईयो।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM