२०८२ चैत्र ६ गते शुक्रबार

दुर्घटना न्यूनीकरणका लागि पर्सामा कालो प्लेट सवारी चालकको संयुक्त चेकजाँच

 

सवारी दुर्घटना न्यूनीकरण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा विशेष चेकजाँच अभियान सञ्चालन गरिएको छ। उक्त अभियान नारायणी अस्पताल वडा प्रहरी कार्यालय श्रीपुर तथा लागुऔषध नियन्त्रण ब्युरो पर्साको संयुक्त टोलीको सहभागितामा सम्पन्न भएको हो।

अभियानअन्तर्गत कालो प्लेटका सवारी साधन सञ्चालन गरिरहेका ८ जना चालकलाई लापसे (Lapse) चेकजाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ। चेकजाँचका क्रममा सवारी चालकको कागजात, सवारी सञ्चालन अवस्था तथा लागुऔषध प्रयोगसम्बन्धी परीक्षण गरिएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवालको नेतृत्वमा सम्पन्न भएको उक्त अभियानले सवारी नियम पालना गराउन र सम्भावित दुर्घटनालाई समयमै नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

प्रहरीका अनुसार यस्ता संयुक्त चेकजाँच तथा जनचेतनामूलक अभियान आगामी दिनहरूमा पनि निरन्तर रूपमा सञ्चालन गरिनेछ, जसबाट सवारी सुरक्षामा सुधार आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM