२०८२ चैत्र ६ गते शुक्रबार

बिरगंजमा महिन्द्राका नयाँ ईभी मोडेल BE 6 र XEV 9 E सार्वजनिक

 

महिन्द्रा एन्ड महिन्द्रा ग्रुपको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुपले महिन्द्राका नयाँ इलेक्ट्रिक सवारी साधन BE 6 र XEV 9 E मोडेल बिरगंजमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।

उक्त नयाँ ईभी मोडेलहरू बिरगंजको भिष्वा होटलमा आयोजित एक विशेष समारोहबीच लन्च गरिएको हो।
कार्यक्रममा जानकारी दिँदै महिन्द्राका नेपाल तथा भुटानका लागि मार्केटिङ प्रमुख चेतन्य केलकरले यी नयाँ ईभी गाडीहरू हालसम्म नेपालमा उपलब्ध ईभीमध्ये उत्कृष्ट रहेको दाबी गरे। उनले यी गाडीहरू तराई, पहाड तथा हिमाल तीनै भौगोलिक क्षेत्रका लागि उपयुक्त हुनुका साथै लामो दूरीको यात्राका लागि पनि प्रभावकारी रहेको बताए।

महिन्द्राले नेपालमा करिब ३५ वर्षअघि बिरगंजबाटै पहिलो शोरुम सञ्चालन गर्दै आफ्नो व्यवसायिक यात्रा सुरु गरेको स्मरण गर्दै हाल देशभर आफ्नो बजार विस्तार गरिसकेको जनाइएको छ।
उक्त लन्चिङ कार्यक्रममा प्रमुख अतिथिका रूपमा बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमको आतिथ्य रहेको थियो। साथै कार्यक्रममा उद्योगी–व्यापारी, व्यवसायिक क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अग्नि ग्रुपले नयाँ ईभी मोडेलमार्फत नेपालमा दिगो यातायात र वातावरणमैत्री सवारी प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM